जेठ–६, बैंक अफ काठमाडौं लिमीटेडले खोटाङ सहित देशका छुट्टा–छुट्टै तीन स्थानमा आफ्नो शाखा एकैसाथ बिस्तार गरेको छ ।

बैंक अफ काठमाडौंले सोमबार एकैसाथ खोटाङ, दैलेख र गौरमा आफ्नो तीन वटा शाखाहरु बिस्तार गरेको हो । 
१९ वर्ष अघिदेखि सेवा प्रदान गर्न थालेको बैंकले ग्रामिण तथा दुर्गम जिल्लाका सर्वसाधारणलाई सबै किसिमका बैंकिङ सेवा गाउँमै प्रदान गर्ने उद्धेश्यले शाखा बिस्तार गरेको जनाएको छ । 
नयाँ शाखाबाट निक्षेप, कर्जा, विप्रेषण, बैंक ग्यारेन्टी लगायतका सेवा प्रदान शुरु गरिएको बैंक अफ काठमाडौंका दिक्तेल शाखा प्रमुख दिपक कोइरालाले बताउनुभयो । 
बैंकले लघु बचत खाता, नव कोपिला बचत खाता, ग्रामिण महिला बचत खाता, सजिलो बचत खाता, गृहलक्ष्मी बचत खाता, प्रिमियम सेभिङ लगायतका सेवा शुरु गरेको छ । 

बैंकको गौर शाखा बैंकका अध्यक्ष नरेन्द्रकुमार बस्न्यात, दैलेख शाखा सञ्चालक गोबिन्दप्रसाद शर्मा र दिक्तेल शाखा सञ्चालक प्रा.डा. हेमराज सुवेदीले उद्घाटन गर्नु भएको हो । 
यससँगै मुलुकभर बैंकको शाखा संख्या ५०, ५६ एटीएम, ८ सर्भिस काउन्टर र ३४७ एजेन्ट पुगेको बैंकले जनाएको छ ।