जेठ–६, खोटाङ सुगमस्टार सचिन राई नेपाल आइडलको टप एटमा पर्न सफल हुनुभएको छ । दर्शक तथा श्रोताले पठाएका एसएमएस भोटिङका आधारमा सोमबार खोटाङ सुगमस्टार सचिन नेपाल आइडलको टप एटमा पर्न सफल हुनुभएको हो । 
सम्भावना बोकेर सांगीतिक क्षेत्रमा उदाउँदो नवप्रतिभाशाली राईले नेपाल आइडलमा बिजयी गराउनकालागि सबैलाई भोटको आव्हान गर्नुभएको छ । 
खोटाङको रुपाकोट रेडियोका प्राबिधिक, कार्यक्रम प्रस्तोता एबं नेपाल पत्रकार महासंघ शाखाका सदस्य समेत रहनु भएका राईलाई मोबाइलको मेसेज बक्समा गएर ‘एनआई एक स्पेश दिएर एच टाइप गरी २०६६’ मा पठाएर भोट दिन सकिने व्यवस्था छ ।
‘नेपाली मन नेपाली पन, नेपालीको आवाज’ भन्ने नारासहित शुरु गरिएको नेपाल आइडलको दृश्य प्रशारण हरेक बिहिबार राती ८ः३० बजे एनटिभी टुबाट हेर्न सकिन्छ । 
टप हण्ड्रेडबाट टप ट्वान्टी, टप फिप्टिनहुँदै टप एटमा पर्न सफल राई सबै प्रकारका गीत जस्ताकोजस्तै पस्कन माहिर छन् । झट्ट हेर्दा पुर्व इन्डियन आइडल प्रशान्त तामाङको सम्झना गराउने सचिन संगीतका पारखीहरुमाझ भर्साटायल गायकको परिचय बनाउनु सफल हुनुभएको छ ।