जेठ १३ । संबिधानसभाको पुःर्ननिर्वाचनको बिरुद्धमा नेकपा–माओबादी खोटाङले ‘सारा जनअभियान’ नामक राजनैतिक भण्डाफोर अभियान शुरु गरेको छ ।

संबिधानसभाको निर्वाचनको बहिस्कारको गर्दै नेकपा–माओबादीले जिल्लाका प्रमुख दुई प्रमुख खोलाहरु सावा र रावा खोलाको नामबाट सोमबारदेखि ‘सारा जनअभियान’ सञ्चालन शुरु गरेको हो । ‘राष्ट्रिय स्वाधिनताकोलागि जनजागरण, जनताको संघीय गणतन्त्र स्थापनार्थ हाम्रो अभियान” भन्ने नारा सहित बाम्राङबाट एक महिने राजनैतिक भण्डाफोर अभियान थालिएको नेकपा–माओबादीले जनाएको छ ।

अव हुने संबिधानसभाको निर्वाचनको बिरुद्धमा गाउँ गाउँका जनतासामु पुगेर प्रचारात्मक तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन शुरु गरिएको नेकपा माओबादी खोटाङका इन्चार्ज धिरनले बताउनु भयो । एक महिने अभियानकोबीचमा पार्टीले आफ्नो संगठन बिस्तारलाई पनि तिब्रता दिइने जनाएको छ ।