जेठ–१६ । श्रीमतीलाई अंशबण्डा नदिएको आरोपमा खोटाङका एक श्रीमान गिरफ्तारमा परेका छन् । तीन वटी श्रीमतीका श्रीमान रहेका डिकुवा–२ का ४५ वर्षीय मानबहादुर मगर श्रीमतीलाई अंशबण्डा नदिएको आरोपमा प्रहरीको गिरफ्तारमा परेका हुन् ।

श्रीमतीहरुलाई अंशवण्डा नदिएको भन्दै उजुरी परेपछि नेकपा–माओवादी गाउँ कमिटि डिकुवाका सदस्यसमेत रहेका मगरलाई प्रहरीचौकी च्यास्मिटारबाट खटिएर गएका प्रहरीले गिरफ्तार गरेको स्थानीयले जनाएको छ ।

जेठी श्रीमती तिलामायाँ मगर, माईली श्रीमती तुलसामायाँ मगर र कान्छी श्रीतमी बिमला राईलाई बेवास्ता गरेपछि मगरविरुद्ध प्रहरीमा अंशबण्डा सम्वन्धी उजुरी परेको थियो । आफूहरु बेवास्तामा पर्न थालेपछि तीनै वटी श्रीमतीले मानबहादुर विरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ ।

अंशबण्डा सम्बन्धी मुद्दामा गिरफ्तार गरिएको यो मुद्दा जिल्लाकै पहिलो मानिएको छ । उक्त मुद्दाका बारेमा अनुसन्धान गरेर थप कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।