जेठ–२३, खोलामा आएको बाढीले बगाउँदा खोटाङमा एक बालिका बेपत्ता बनेकी छन् ।

डम्बर्खुशिवालयस्थित खावा खोलामा आएको बाढीले बगाउँदा भोजपुर वासिमथर्पु–१ का ९ वर्षीय सत्यकला राई बेपत्ता हुनुभएको हो ।

काहुलेमा रहेको आफन्तको घरबाट घर फर्कनेक्रममा बिहिबार बालिकालाई खोलामा आएको बाढीले बगाएको डम्बर्खुशिवालयका स्थानीयबासी बिदुर राईले जानकारी दिनु भयो ।

खोला तर्नेक्रममा बालिकालाई बाढीले बेपत्ता बनाएको स्थानीयबासीको भनाई छ । अहिले बेपत्ता बालिकाको खोजी भइरहेको राईले बताउनु भयो ।