
जेठ–२३, खोटाङको नेर्पा गाबिसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।
गाबिसका सबै ६ सय ४४ घरधुरीमा वाटरशिल चर्पी निर्माण गरी प्रयोगमा ल्याईएपछि गाबिसलाई खुल्ला दिशामुक्त गाबिस घोषणा गरिएको हो ।
गाबिससँगै आठ वटा बिद्यालयलाई पनि खुल्ला दिशामुक्त बिद्यालय घोषणा गरिएको छ । यस्तै, गाबिसका बिभिन्न चार स्थानमा सार्बजनिक वाटरशिल चर्पी निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका सामाजिक परिचालक राधीका चौहानले जानकारी दिनुभयो ।
गाबिस, खानेपानी तथा नेपाल रेडक्रस सोसाईटी शाखाको अगुवाईमा गाबिसलाई खुल्ला दिशामुक्त गाबिस घोषणा गरिएको हो ।