जेठ–२७, खोटाङको पर्यटकीय स्थलहरुमा किराती मिथकमा आधारित ऐतिहासिक चलचित्र ‘बिनायो’को छायांकन शुरु भएको छ । 
प्राचिन किरात समुदायको ऐतिहासिक पृष्ठभूमीमा आधारित चलचित्रको छायांकन खार्मीको सोतीबाट शुरु गरिएको हो । 
निर्देशक रोशन राईको निर्देशनमा निर्माण शुरु भएको चलचित्रको छायांकन खोटाङको तुवाचुङ, ताप खोला, रावा खोला, रुपाकोट लगायतका पर्यटकीय तथा ऐतिहासिक स्थलहरुमा गरिएको छ । 
यस्तै, राजधानी काठमाडौंमा पनि चलचित्र छायांकन गरिने छ । संगीतकार जितेन राईको कथा, परिकल्पना र संगीतमा निर्माण शुरु गरिएको चलचित्र आगामी दशैं र तिहारको आसपासमा प्रदर्शनमा ल्याउने निर्माता समुहले बताएको छ । 
किरात ऐतिहासिक पृष्ठभूमीकासाथै जिल्लाको पर्यटन प्रबर्धनमा टेवा पु¥याउने उद्धेश्यले निर्माण थालिएको चलचित्रमा सन्ध्या सामपाङ, एलिसा सामपाङ, कपिल वान्तवा लगायतका कलाकारहरुको मूख्य भूमीका रहेको छ ।