जेठ–२९, हतियार देखाई सर्वसाधारणलाई त्रसिद बनाउने खोटाङका दुई युवालाई हतियारसहित प्रहरीले नियन्त्रण लिएको छ । 
डुम्रेधारापानी गाविस–८ का १८ वर्षीय विकास तामाङ र २० वर्षीय दिपक तामाङलाई नियन्त्रणमा लिएको हो । 
खार्मी–५ का सर्वसाधारणको घरमा गई हतियार देखाएर त्रसिद गराउँदै आएका उनीहरुलाई प्रहरीले उनीहरुकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजिब बस्नेतले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवैजनालाई हिरासतमा राखिएको छ भने उनीहरुको साथमा रहेको दुई वटा छुरीसमेत बरामत गरिएको प्रहरीले जनाएको छ ।