जेठ–२९, खोटाङका आठ राजनैतिक दलहरुले अलपत्र बन्न लागेको जिल्लाका पाँच वटा आयोजनाहरु पूरा गर्न ग्रामिण पहुँच कार्यक्रम ¥यापलाई आग्रह गरेका छन् । 
जिल्लाका दलहरुले र्याप फिर्ता जान लागे लगत्तै अलपत्र बन्न लागेको दिक्तेल–खोटाङबजार सडक निर्माण, दिक्तेलको अल्छेढुंगा–अस्पताल र दिक्तेल–खानीडाँडा सडक ग्राभेलिङ तथा हाटडाँडा र पञ्चमी बजार स्तरोन्नतीका काम पूरा गर्न ¥यापलाई आग्रह गरेको हो । 

ग्रामिण पहुँच कार्यक्रम र्यापलाई बुधबार ज्ञापनपत्र बुझाउँदै उनीहरुले आफ्नो कार्यअवधि थप गर्न वा कम्तीमा निर्माणाधिन भौतिक पुर्वाधारका आयोजनाहरु पूरा गरेर मात्र फिर्ता जान आग्रह गरेका छन् । 
निर्माणाधिन आयोजनाहरु बेलायती सरकारको अन्र्तराष्ट्रिय बिकास बिभाग डिएफआइडीको सहयोगमा र्यापले निर्माण शुरु गरेको हो । र्यापको कार्यअवधि थप नगरिए निर्माणाधिन आयोजनाहरु अलपत्र बन्ने निश्चित छ । 
सन् २००१ मा खोटाङ भित्रिएको ग्रामिण पहुँच कार्यक्रम र्याप १२ वर्षे कार्यअवधि पूरा गरी आगामी असार–१६ गते फिर्ता हुँदै छ । 
‘दिक्तेल–खोटाङबजार सडक निर्माण, दिक्तेलको अल्छेढुंगा–अस्पताल र दिक्तेल–खानीडाँडा सडक ग्राभेलिङ तथा हाटडाँडा र पञ्चमी बजार स्तरोन्नतीका काम निर्धारित समयमा पूरा हुन सक्ने अवस्था देखिदैन ।’ संयुक्त ज्ञापनपत्रमा भनिएको छ,–‘थालिएका ती कामहरु पूरा गर्नकालागि र्यापको समय अवधि थप्न जरुरी छ ।’ 
यस्तै, काठमाण्डौमा रहेका दल सम्वद्ध खोटाङका पुर्वमन्त्री, सभासद लगायतका टोलीलाई पनि र्याप समक्ष डेलीगेसन पठाउने तयारी गरिएको नेकपा एमाले खोटाङका अध्यक्ष बिशाल भट्टराईले जानकारी दिनुभयो ।