जेठ–२९, कुलत तथा दुव्र्यासनी न्यूनीकरणकालागि खोटाङको भरोसा नेपाल बुईपाले सडक नाटक प्रदर्शन गरेको छ । 
गाउँमा बढ्दो कुलत तथा दुव्र्यासनी न्यूनीकरणकालागि भरोसा नेपालले बुईपा, अर्खौले र दिक्तेलमा चेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो । जेठ–२४ गते बुईपाबाट प्रदर्शन शुरु गरिएको सडक नाटक ‘कुलतले खान्छ’ बुधबार सदरमुकाम दिक्तेलमा प्रदर्शन गरिएको छ । 
मद्यपान र धुमपानका कारण व्यक्तिगत तथा सामाजिकरुपमा हुने हानीनोक्सानीबाट सबैको बचाउकालागि ‘स्वच्छ समाज संबृद्धि खोटाङको शान, लागूपदार्थ दुव्र्यसनी न्यूनीकरण हाम्रो अभियान’ भन्ने नारासहित सडक नाटक प्रदर्शन अभियान चलाइएको भरोसा नेपालका महासचिव लोकमणी रिजालले जानकारी दिनु भयो । 
कुलत तथा दुव्र्यासनी न्यूनीकरणकालागि भरोसा नेपालले नयाँ वर्षको शुरुवात सँगै गाउँमा ‘धुम्रपान तथा मद्यपान त्याग’को अभियान थालेका हुन् । गाबिसका २८ जना युवाहरुले स्वःत स्फुर्तरुपमा धुमपान तथा मद्यपान त्याग गरेको घोषणा गर्दै थालिएको अभियानमा हालः गाउँका अन्य युवाहरुले पनि साथ दिएको महासचिव रिजालको भनाई छ ।