जेठ–३१, आफैले पढाएको छात्रासँग दोश्रो विवाह गर्न लागेको आरोपमा खोटाङमा एक शिक्षक शिक्षण पेशाबाट हटाइएका छन् । 
आफैले पढाएको छात्रासँग दोश्रो बिवाह गर्न लागेको आरोपमा व्यवस्थापन समितिले सिमपानीस्थित सिम्पानी क्याम्पसका शिक्षक इश्वर लम्साललाई शिक्षण पेशाबाट हटाएको हो । 
बतासे–२ इजाराका ३८ वर्षीय लम्सालले सोही क्याम्पसमा विएड दोश्रो वर्षमा अध्ययनरत छात्रासँग दोश्रो बिवाह गर्न लागेको आरोपमा हटाइएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
क्याम्पसमा कार्यरत अन्य प्राध्यापक र विद्यार्थीको दवावपछि कारवाही स्वरुप प्राध्यपक लम्साललाई पदबाट हटाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपबहादुर थापाले बताउनु भयो । लम्सालको जेठी श्रीमती, एक छोरा र एक छोरी छन् ।