असार–१, किरात समुदायको उभौली पर्वको समापनको पुर्वसन्ध्यमा खोटाङ सदरमुकाम दिक्तेलमा साकेला शिली प्रदर्शन गरिएको छ ।

किरात राई यायोखा र किरात सेवा समाजको आयोजनामा शनिबार दिक्तेलस्थित माटिकोरे खेलमैदानमा साकेला शिली प्रदर्शन गरिएको हो । शिली प्रदर्शनीमा जिल्लाका बिभिन्न गाबिसका २१ समुहले साकेला शिली नाचेर शिली प्रदर्शन गरेका छन् ।

किरात राईको सस्कृतिको संरक्षण र प्रचारप्रसार गर्ने उद्धेश्यले साकेला शिली प्रदर्शन गरेको यायोक्खाले जनाएको छ । तस्बिर: दमन राई