असार–२, खोटाङ सदरमुकाम दिक्तेलका व्यवसायीले ४२ दलको सयुक्त बन्दको अवज्ञा गरेका छन् । 
बन्दकर्ताहरुले तोडफोड गर्दै जबरजस्ती होटल तथा पशल बन्द गराएको बिरोधमा सदरमुकाम दिक्तेलका व्यवसायीले स्वतः स्फुर्तरुपमा बन्दको अवज्ञा गरेका हुन् । उनीहरुले संयुक्त बन्दको बिरोध गर्दै दिक्तेलका बन्द गरिएका होटल तथा पशलहरु पुर्ववत अवस्थामा खुलाएका छन् । 
तोडफोडबाट आक्रोशित बनेका व्यवसायीले नाराजुलुस सहित हाटडाँडादेखि रत्नपार्कसम्मका बजार खुलाएका हुन् । बजार खुलाए लगत्तै उनीहरुले आफ्नो सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गएका छन् । 
यसैबीच, स्वःत स्फुर्तरुपमा व्यवसायीले खुलाएको सदरमुकामका बजार तथा पशलहरु पुःन बन्द गराउन बन्दकर्ताहरुले आव्हान गर्दै हिँडीरहेका छन् । बन्द आव्हान गर्ने र खुलाउन आव्हान गर्ने दुई समुहको दोहोरो आव्हानका कारण दिक्तेलका व्यवसायी भने अन्यौलमा परेका छन् ।