असार–४, खोटाङको रुपाकोट सामुदायीक रेडियोको बिकासकालागि ‘रुपाकोट रेडियो अक्षय कोष’ स्थापना गरिएको छ । 
आगामी पाँच वर्षभित्रमा ५० लाख रकम जम्मा गर्ने लक्ष्यकासाथ रेडियो सञ्चालक समितिले निधन भइसकेकाहरुको नामबाट संकलन हुने गरी ‘रुपाकोट रेडियो अक्षय कोष’ स्थापना गरेको हो । 
कोषमा जम्मा हुने रकमको व्याजबाट रेडियोबाट ‘सम्झना श्रद्धाञ्जली’ नामक कार्यक्रम उत्पादन तथा प्रशारण गर्ने रेडियोका स्टेशन मेनेजर टंक थापाले बताउनु भयो ।
‘सम्झना श्रद्धाञ्जली’ कार्यक्रममा निधन भइसकेका बिभिन्न व्यक्तीत्वहरुको योगदान, सफलताका कथा तथा अनुकरणीय कामको सम्झना गर्दै उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरिने रेडियोले जनाएको छ । 
रेडियोले स्थापना गरेको अक्षय कोषकालागि पहिलोपल्ट दिक्तेल–२ का स्वर्गीय चक्रबहादुर शैंजू ‘दुर्गादास’को नाममा उहाँका छोरा, छोरी, बुहारी तथा आफन्तले १० हजार एक रुपैयाँ रकम जम्मा गर्ने घोषणा गरेका छन् । 
श्रीमद् भागवत् ज्ञानयत्र एकाह पुराणका अवशरमा उहाँका छोरा नूरकाजी शैंजूले सोमबार रकम जम्मा गर्ने घोषणा गर्नुभयो । बिक्रम सम्बत १९८२ असारमा जन्मिनु भएका स्वर्गीय चक्रबहादुर शैंजूको २०५६ असार ७ गते निधन भएको थियो ।