असार–४, खोटाङका एक महिलाको शव काठमाडौंको अस्पतालमा अलपत्र बनेको छ । 
खोटाङको सिम्पानी–९ ठेगाना उल्लेख भएका रिता राईको शव काठमाडौंको मनमोहन मेमोरियल अस्पतालमा अलपत्र बनेको हो । 
गत जेठ–२८ गते अस्पतालमा भर्ना भएका ३६ वर्षीया राईको शव उठाउने आफन्त नभएपछि अहिले शव अस्पतालमै अलपत्र अवस्थामा रहेको खोटाङका बाबुराम न्यौपानेले काठमाडौंबाट जानकारी दिनुभयो ।
अस्पतालमा भर्ना गरिएको बिरामी दर्ता पुस्तिकामा सिम्पानी ठेगाना उल्लेख भएपनि काठमाडौंमा रहेका सिम्पानीका कसैले पनि मृतकलाई चिन्न सकेका छैनन् । 
बिरामीलाई अस्पतालमा भर्ना गरेपछि आफन्तहरु एक पटकपनि सम्पर्कमा नआएको न्यौपानेले बताउनु भयो ।