असार–४, जिल्लामा रहेर सामाजिक रुपान्तरणका काममा सहयोग गर्दै आएका सामाजिक कार्यकर्ताहरुको एक भेलाले सामाजिक सञ्जाल गठन गरेको छ । 
सामाजिक कार्यकर्ता माधव राईको अध्यक्षतामा १५ सदस्यीय समिति रहेको खोटाङ सेवा समाज नामक सामाजिक सञ्जालको गठन गरेको हो ।
विकास निर्माण, गरीब तथा असाह्य एवं द्धैविक प्रकोपमा परेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले सञ्जालको गठन गरिएको उनीहरुको भनाइ छ । देश तथा विदेशमा रहेका खोटाङ्गेहरुले स्थापना गरेर खोटाङको विकास निर्माणमा काम गरिहेका संघसंस्थाहरुसँग सहकार्य गर्दै समग्र खोटाङको विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ काम अगाडि बढाउने सञ्जालका अध्यक्ष माधव राईले जानकारी दिनुभयोे । 
सदरमुकाम दिक्तेलमा भएको सामाजिक कार्यकर्ताहरुको एक भेलाले गठन गरेको सञ्जालको उपाध्यक्षमा दुर्गा घिमिरे र सनमान खड्का, महासचिवमा निशान राई, सचिवमा प्रवचन राई र बिमला राई, कोषाध्यक्षमा राजन आचार्य र सहकोषाध्यक्षमा उद्धप आचार्य रहेका छन् । 
कतार, दुवाई, हङकङ, युके, बहराईनलगायतमा रहेका खोटाङ्गेहरुले गठन गरेर काम गर्दै आएको संघसंस्थासँग खोटाङको विकास निर्माणमा सहकार्य गर्ने उद्देश्यका साथ गठन गरिएको सञ्जालले जिल्लाको विकास निर्माण हुने गरेका अनियमिततालाई समेत खबरदारी गर्ने लक्ष्य लिएको छ ।