असार–४, नेपाल आइडलको टप फाइभमा पुगेका खोटाङ सुगमस्टार सचिन राईलाई कतारबासी नेपालीबाट सहयोग प्राप्त भएको छ । 
टप हण्ड्रेडबाट टप ट्वान्टी, टप फिप्टिनहुँदै टप फाईभमा पर्न सफल सचिनलाई कतारस्थित खोटाङ सेवा समाज, आफन्त तथा मित्रजनहरुबाट २० हजार सहयोग प्राप्त भएको हो ।
राईलाई नेपाल आइडल बनाउन भोटिङ गर्नकालागि आर्थिक सहयोग पठाइएको खोटाङ सेवा समाज दोहा कतारका महासचिव नारायण बस्नेतले जानकारी दिनु भयो । सम्भावना बोकेर सांगीतिक क्षेत्रमा उदाउँदो नवप्रतिभाशाली राईले नेपाल आइडलमा बिजयी गराउनकालागि सबैलाई भोटको आव्हान गर्नुभएको छ । 
खोटाङको रुपाकोट रेडियोका प्राबिधिक, कार्यक्रम प्रस्तोता एबं नेपाल पत्रकार महासंघ शाखाका सदस्य समेत रहनु भएका राईलाई मोबाइलको मेसेज बक्समा गएर ‘एनआई टाइप गरी एक स्पेश दिएर एच टाइप गरी २०६६’ मा पठाएर भोट दिन सकिने व्यवस्था छ ।