असार–६, बहुविबाह गरेको आरोपमा खोटाङमा एक जोडी गिरफ्तार भएका छन् । 
घरमा जेठी श्रीमती हुँदाहुँदै बहुबिवाह गरेको आरोपमा बाम्राङ–४ कट्टीका ४० वर्षीया रामबहादुर खत्री र कान्छी श्रीमति २८ वर्षीया गोमा तामाङलाई प्रहरीले गिरफ्तार गरेको हो । 
१२ वर्षअघि भगवती खत्रीसँग बिवाह गरेका रामबहादुरले सिन्धुपाल्चोकका गोमासँग दोश्रो बिवाह गरेको उजुरी परेपछि उनीहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।