असार–८, जिल्ला अस्पताल खोटाङका प्रशुती बिशेषज्ञ बीना शाक्याले समाचार संकलनकालागि गएका पत्रकार दिलीप खत्रीलाई खिचेको फोटो ‘डिलिट’ गर्न धम्की दिएकी छन् । 
समाचार संकलनकाक्रममा शुक्रबार बिहान जिल्ला अस्पताल दिक्तेलमा टेम्मा–२ की गर्भवती महिला छिमा राईको फोटो खिचेको भन्दै प्रशुती बिशेषज्ञ शाक्याले अन्नपूर्ण पोष्ट दैनिकका सम्बाददाता तथा खोटाङ खबर साप्ताहिकका सम्पादक खत्रीलाई फोटो डिलिट गर्न धम्की दिएकी हुन् । 
फोटो खिचेको देखेपछि शाक्याले पत्रकार खत्रीलाई तत्काल फोटो मेटाउन धम्की दिएको पत्रकार खत्रीसँगै रहेका हलेसी एफएमका पत्रकार उजीर कार्कीले जानकारी दिनु भयो । 
आर्थिक अभावका कारण समस्यमा परेका गर्भवती महिला छिमा राईको उपचारकालागि रक्तदाता छत्र बजीमयसहित पत्रकार खत्री र कार्की अस्पतालमा पुग्नु भएको थियो ।