
असार १५ । खोटाङको दोर्पाचिउरीडाँडास्थित लप्से खोलामा काठे पुल निर्माण गरिएको छ । ग्रामिण पुःर्ननिर्माण संस्था आरआरएनको आर्थिक सहयोग तथा स्थानीयबासीको जनश्रमदानबाट दोर्पाचिउरीडाँडा–८ मा काठे पुल निर्माण गरिएको हो ।
वर्षाको समयमा स्थानीयबासीलाई आवत जावत गर्न समस्यकारुपमा रहेको खोलामा दोर्पाचिउरीडाँडा र निर्मलीडाँडा जोड्ने काठे पुल निर्माण गरिएको निर्माण समितिले जनाएको छ ।
आरआरएनको एक लाख ३० हजार, स्थानीयबासी र सिर्जनशिल आमा समुहको ३० हजार बराबरको श्रमदान गरी एक लाख ६० हजारको लागतमा काठे पुल निर्माण गरिएको पुल निर्माण समितिका अध्यक्ष प्रेमकुमारी राईले बताउनु भयो ।
अस्थायी पुल निर्माण भएपछि दोर्पाचिउरीडाँडा र निर्मलीडाँडा आवत जावत गर्ने सर्वसाधारण लाभान्बित भएको अन्नपूर्ण माबिका व्यवस्थापन समिति अध्यक्ष बृखबहादुर गुरुङले जानकारी दिनु भयो । पुल निर्माण समितिका अध्यक्ष प्रेमकुमारी राई लगायत तीन जनाले संयुक्तरुपमा उद्घाटन गर्नु भएको छ ।