असार–१५, नेपाली सेनाले धान दिवसको दिन पारेर खोटाङमा बृक्षारोपण गरेको छ । 
मुढेस्थित जबरजङ् गणले दिक्तेल–६ मा रहेको लालीखर्क सामुदायीक बन क्षेत्रमा बृक्षारोपण गरेको हो । 
नेपाली सेनाको अभ्यास इलाकाकारुपमा रहेको बन क्षेत्रमा सल्ला, उत्तिस, लप्सी, बकाईनो, क्रिस्मस ट्री, सिरिस, रिठ्ठो, इपिलिपी लगायतका दुई हजार बोट बिरुवा रोपिएको जबरजङ् गणले जनाएको छ । 
बृक्षारोपण गर्नकालागि जिल्ला बन कार्यालय र भू–संरक्षण कार्यालयले नेपाली सेनालाई आवश्यक बिरुवा उपलव्ध गराएको थियो । 
प्रमुख जिल्ला अधिकारी, स्थानीय बिकास अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, ससश्त्र प्रहरी, स्थानीयबासी एबं विद्यार्थीको सहभागीतामा बृक्षारोपण गरिएको सेनाले जनाएको छ ।