असार–१५, बैदेसिक रोजगार बिभागले आफ्नो एसएमएस सिस्टममा आएको खराबीका कारण खोटाङको जलेश्वरी–३ का मोहनकुमार राई कार्यरत कम्पनी फरक देखाएको जनाएको छ । 
सिस्टममा आएको खराबीका कारण गत बिहिबार दुबईस्थित अमिनको सेक्यूरिटी सर्भिस कम्पनीमा कार्यरत रहेको भनिएका राईलाई ब्ल्यू डायमण्ड सि कम्पनीमा कार्यरत रहेको देखाएको बिभागका कम्यूटर इन्जिनियर बिजय खत्रीले स्पष्ट पार्नु भएको छ । 
अहिले बिभागको एसएमएस प्रणाली अन्तरगत पिपि टाइप गरेर मोहनकुमारको पासपोर्ट नम्बर ०५९२४३०१ लाई ४००१ मा एसएमएस पठाएर हेर्दा उहाँले अमिनको सेक्यूरिटी सर्भिस कम्पनीकोलागि श्रमस्वीकृति लिएको देख्न सकिने बिभागका इन्जिनियर खत्रीले स्पष्ट पार्नु भएको सुरक्षित आप्रबासन परियोजना (सामी)ले जनाएको छ ।  
बिभागको एसएमएस प्रणालीबाट बिहिबार दिउँसो १ बजेर ९ मिनेट जाँदा मोहनकुमारले  अमिनको सेक्यूरिटी सर्भिस कम्पनीमा काम गर्नकालागि श्रमस्वीकृति लिएको देखिएकोमा अराह्न ४ बजेपछि भने व्ल्यू डायमण्ड सि कम्पनीकोलागि श्रमस्वीकृति लिएको देखिएको थियो । 
यस्तै, पहिलो मेसेजले मोहनकुमारको मासिक तलव २ हजार र पठाउने मेनपावर स्प्रीङ नेपाल ह्यूमन रिसोर्स प्रालि देखाएकोमा दोश्रो मेसेजले तलब १ हजार २ सय र पठाउने मेनपावर फ्लोरिड ह्यूमन रिसोर्स देखाएको थियो । 
बिभागको एसएमएस अझै गलत 
तर, बिभागको एसएमएसले देखाएजस्तो मोहनकुमार भने अहिले अमिनको सेक्यूरिटी सर्भिस कम्पनीमा नभै इमिरेट्स ट्रान्सपोर्टेशन कम्पनीमा कार्यरत हुनुहुन्छ । 
अमिनको सेक्यूरिटी सर्भिस कम्पनीमा गार्डकारुपमा पठाउने भन्दै मेनपावरले मोहन सहित चार युवालाई इमिरेट्स ट्रान्सपोर्टेशन कम्पनीमा पु¥याएको मोहनकुमारकी श्रीमती चन्द्रकला राईले बताउनु भयो । 
चन्द्रकलाले सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्र खोटाङ समक्ष मेनपावर कम्पनीबिरुद्ध क्षतीपूर्ती सहितको कारबाहीको माग गर्दै निबेदन दिनु भएपछि अमिनको सेक्यूरिटी सर्भिस कम्पनीमा गार्डकारुपमा पठाउने भन्दै बैदेसिक रोजगार बिभागबाट श्रमस्वीकृति लिएको स्प्रीङ नेपाल ह्यूमन रिसोर्स प्रालिले मोहनकुमार सहित मनोज भुजेल, सन्दीप ढकाल र प्रदीप ढकाललाई इमिरेट्स ट्रान्सपोर्टेशन कम्पनीमा पु¥याएको खुलासा भएको छ । 
‘बिभागको यस्तो एसएमएसको कसरी बिश्वास गर्ने ?’ चन्द्रकलाले भन्नुभयो,–‘एसएमएसले भनेजस्तो मेरो श्रीमान अमिनको सेक्यूरिटी सर्भिस कम्पनीमा नभै इमिरेट्स ट्रान्सपोर्टेशन कम्पनीमा काम गरिरहनु भएको छ ।’ उहाँहरु स्प्रीङ नेपाल ह्यूमन रिसोर्स प्रालिका नीलकण्ठ खनालमार्फत गत माघ–२८ गते दुबई पुग्नु भएको थियो । 
मेनपावरले दुबई जानकालागि अधिकतम ७० हजार रकम लिनुपर्नेमा मोहनबाट २ लाख ९५ हजार र अन्य तीन युवाबाट प्रतिव्यक्ती ३ लाखका दरले रकम लिएको चन्द्रकलाले उजुरीकोसाथमा संलग्न गर्नु भएको कागजातमा उल्लेख छ । मोहनले २ लाख ९५ हजार बुझाएको मेनपावरको छापसहितको भपाई भए पनि बिभागको एसएमएस प्रणालीबाट हेर्दा उहाँले ७० हजार मात्र बुझाएको सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्रका संयोजक भक्त राईले बताउनु भयो । 
आफन्तले सम्झौता अनुशारको तलब नपाएको गुनासो गर्दै चन्द्रकलाले सुचना केन्द्रमा उजुरी दिएपछि मेनपावरले चार युवालाई दुबई जानकालागि बढि रकम लिएको, एउटा कम्पनीमा पठाउने नाममा अर्कै कम्पनीमा पठाएको खुलासा भएको हो । 
युवाहरुलाई कम्पनीले मासिक तलव नदिएको, दिएपनि साथीहरुमार्फत कहिले ६ सय, कहिले एक हजार र कहिले एक हजार ६ सयमा दरले दिने गरेको उहाँले दिनु भएको निबेदनमा उल्लेख छ । 
मेनपावरले ठगी गरेको थाहा पाएपछि प्रदीप ढकाल भने स्वदेश फर्कीसक्नु भएको छ । कम्पनीले ढकाललाई पारिवार बिरामी भएका कारण स्वेच्छाले फर्किएको कागजातमा हस्ताक्षर गराएरमात्र स्वदेश फर्कन दिएको पिडितको भनाई छ ।