असार–१९, खोटाङका चार वटा साना किसान सहकारी संस्थाहरु आफ्नै स्वामित्वमा सञ्चालन हुने भएका छन् । 
हालसम्म साना किसान कृषि विकास बैंकको मातहतमा सञ्चालन हुँदै आएको बुईपास्थित खोक्चीलिपा साना किसान कृषि सहकारी संस्था, बिजयखर्कस्थित गाउँबेसी साना किसान कृषि सहकारी संस्था, अर्खौलेस्थित सुत्केरीढुङ्गा साना किसान कृषि सहकारी संस्था र राजापानस्थित साना किसान कृषि सहकारी संस्था आफ्नै स्वामित्वमा सञ्चालन हुने भएका हुन् । 
आगामी असार–२७ गतेदेखि चार वटा साना किसान सहकारी संस्थाहरु स्वतन्त्र तरिकाले सञ्चालन शुरु हुने खोक्चीलिपा साना किसान कृषि सहकारी संस्था बुइपाका अध्यक्ष पिके राईले बताउनु भयो ।