असार–१९ । खोटाङ एकता सेवा समाजले खोटाङको पर्यटन बिकासकालागि धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको पहिचान एबं संरक्षण गर्ने भएको छ । 
जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन बिकासकालागि खोटाङ एकता सेवा समाजले जिल्लाका धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको पहिचान एबं संरक्षण गर्ने भएको हो । समाजले मंगलबार सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेन गरी जिल्लाको पर्यटन प्रबर्धनकालागि सघाउ पु¥याउने जानकारी दिएको छ । 
सम्भावना भएका तर हालसम्म ओझेलमा परेका जिल्लाका बिभिन्न स्थानमा रहेका धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको पहिचान तथा संरक्षण गर्दै पर्यटकीय गन्तव्य स्थलकारुपमा बिकास गर्नकालागि सम्भाव्यताको बिषयमा अध्यायन गरिने खोटाङ एकता सेवा समाजका प्रथम उपाध्यक्ष दुर्गाबहादुर घिमिरेले बताउनु भयो । जिल्लाको पर्यटन बिकासकालागि खोज, अनुसन्धान तथा अध्यायनकालागि समाजले पहिलोपल्ट अभियान थालेको जानकारी दिएको छ । 
खोटाङ सेवा समाज दोहा कतारको शाखाकारुपमा बिस्तार भएको समाजले पहिलो चरणमा जिल्लाको प्रमुख आयश्रोतकारुपमा रहेको हलेसी र दिक्तेलको मझुवागढीको जग्गाको बिषयमा खोज गर्ने जनाएको छ । समाजले व्यक्तीको नाममा भएका महादेब गुठीको सबै जग्गा हलेसी मन्दीरको नाममा ल्याउन पहल गर्ने, मन्दीरको जग्गा अतिक्रमणलाई नियन्त्रण गर्ने, हलेसी मन्दीरको आयव्ययका बिषयमा लोखाजोखा गर्ने बताएको छ । 
हलेसी महादेबस्थान गुठीको नाममा रहेको खोटाङ, सुनसरी, उदयपुर र सिन्धुलीमा रहेको जग्गाको खोजी गर्ने र जग्गाको आम्दानीलाई हलेसीकै पर्यटन बिकासकालागि उपयोग गर्न पहल गर्ने प्रथम उपाध्यक्ष घिमिरेले जानकारी दिनु भयो ।