असार–२०, गायक राजेशपायल राईले हिंसा पीडित महिला र बाढी पीडितलाई आर्थिक सहयोग गर्नु भएको छ । 
गायक राईले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर हिंसा पीडित महिलाहरुको क्षेत्रमा कार्यरत संस्था ‘रक्षा नेपाल’ मार्फत हिंसा पीडित महिलालाई २५ हजार नगद सहयोग गर्नु भएको हो । 
खोटाङ बुईपाका गायक राईले संस्थाकी अध्यक्ष मेनुका थापालाई सहयोग रकम प्रदान गर्नु भएको छ । 
यस्तै, गायक राईले ‘हेल्थ नेपाल’ मार्फत बाढी पीडितहरुलाई पनि नगद २५ हजार नगद सहयोग गर्नु भएको छ ।