असार– २२, खोटाङको दिक्तेल–खोटाङबजार जिल्ला सडक निर्माण कार्य पूरा भएको छ । बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम ¥यापले १२ वर्ष लगाएर ८० किलोमिटर लामो हरित सडक निर्माण पूरा गरेको हो ।
३६ करोड, ३२ लाख, ९९ हजार ३९१ रुपैयाँको लागतमा वाताबरणमैत्री प्रबिधि अपनाएर सडक निर्माण पूरा गरिएको ग्रामिण पहुँच कार्यक्रम ¥याप खोटाङका प्रमुख दशरथ मोक्तानले जानकारी दिनुभयो ।
स्थानीयबासीलाई गाउँमै रोजगारको अवशर सिर्जना गर्ने उद्धेश्ले कुटो, कोदालो, ह्याम्मर, सावेल, गैंती लगायतका घरेलु उपकरणको प्रयोग गरी ¥यापले सन् २००२ देखि सडक निर्माण थालेको थियो । सदरमुकाम र दक्षिणी क्षेत्र खोटाङबजार जोड्ने सडकले जिल्लाका अन्य गाबिसका सर्वसाधारण पनि लाभान्बित भएका छन् ।
¥यापले दिक्तेलको अल्छेढुंगा–अस्पताल र दिक्तेल–खानीडाँडा सडक ग्राभेलिङ तथा हाटडाँडा र पञ्चमी बजार स्तरोन्नतीका काम पनि थालेको छ । तर, ¥याप फिर्ता जान लागे लगत्तै सडक ग्राभेलिङ तथा बजार स्तरोन्नतीका काम भने अवरुद्ध भएको छ ।