असार–२५, अहेवको लापर्वाहीले आफन्तको मृत्यु भएपछि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङमा उजुरी परेको छ । मात्तिम उपस्वास्थ्य चौकी मात्तिमका अहेव गगनदेव शाहको लापर्वाहीले आफन्तको मृत्यु भएपछि दोषीलाई कारबाही र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै उजुरी परेको हो ।
अहेव शाहको लापरबाहीले दुई जनाको ज्यान गएपछि बचाउका लागि किर्ते हस्ताक्षर सहितको विज्ञप्ती निकालेर मिडियामाथि खनिएका अहेवलाई तत्काल कारबाही र क्षतिपूर्तिको माग गरिएको आफन्तले बताएका छन् । प्रशासनमा परेको उजुरीको आधारमा छानविन गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसका लागि जिल्ला अस्पताल र जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छु ।’ 
उपचारका लागि उपस्वास्थ्य चौकी गएका मात्तिम–९ का भगतलाल चौलागाइँकी डेढ वर्षीया छोरी पवित्रा र मात्तिम–८ की रत्नकुमारी चाहारको १४ वर्षीय छोरा बबिन चाहारको अहेवको लापर्वाहीकै कारण ज्यान गएको विभिन्न सञ्चार माध्यमहरूमा समाचार आएपछि आफ्नो गल्ती ढाक्न त्यसको विरुद्धमा मृतकका आफन्तको किर्ते हस्ताक्षर तयार गरेको स्थानीयबासी तथा पूर्वसांसद कुलप्रसाद फुयालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केहीलाई हस्तारक्षर नगरे अव जेल पर्छौ भनेर धम्कीसहित हस्ताक्षर गराएका रहेछन् ।’
फुयालका अनुसार अहेव शाहले स्वास्थ्य चौकीमा जेठ १९ गते भर्ना भएका चाहारको अत्याधिक हाइडोजको औषधि दिएकाले २६ गते मृत्यु भएको थियो भने, असार–१४ गते विहान भर्ना भएकी चौलागाइँको अहेवको लापर्बाहीकै कारण त्यसै रात मृत्यु भएको फुयालको भनाइ छ । उनी भैसीलाई पकाएको खोलेको भाडोमा परेर घाइते भएपछि स्वास्थ्य चौकी भर्ना भएकी थिइन् । 
अहेव शाह कार्यालयमा काम नगरी महङ्गो शुल्क लिदै घर–घरमा उपचार गर्दै हिड्ने गरेको र स्वास्थ्य संस्थामा आउने विरामीको उपचार त्यहा“को कार्यालय सहयोगी सुमन ढकाललाई जिम्मा दिने गरेको स्थानीय सरोज भटराईले बताउनुभयो । कार्यालय सहयोगीको भरमा उपचार गराउ“दा आफूहरुले ज्यादै जोखिम मोल्नु परेको भट्टराईको भनाइ छ ।
स्वास्थ्य संस्थामा आएका जस्तो सुकै विरामीलाई पनि यही उपचार हुन्छ भनेर अन्यत्र लान नदिने र आफ्नो औषधि बिकाउन यस्तो गर्ने गरेको पवित्राकी काका सुनिल चौलागाइँले बताउनुभयो । उहाँले भन्नुभयोे–‘अन्तिम अवस्थासम्म विरामीलाई राख्ने अनि उपचार हुन नसक्ने भएपछि कसरी बा“च्छ त ?’ 
रोटी पकाउने तेलमा परेर घाइते सोही गाविसका सात वर्षीय कृष्ण राईको पनि उपचार यही हुन्छ भनेर अन्यत्र लान रोकेको र उपचार हुन नसक्दा अपाङ्ग बनेको कृष्णकी आमा सन्तकला राईले बताउनुभयो । 
अहेव शाह गर्भपतन, प्रसुति लगायतका अनियमित काममा मात्र संलग्न हुने र अन्य उपचारमा भने संलग्न नहुने पूर्वसांसद फुयालले बताउनुभयो । ‘अहेवले महङ्गो शुल्क लिएर गर्भपतन, प्रसुति जस्ता काम मात्र गर्छन् ।’ यस क्रममा छितापोखरी–८ गोगनेकी एक महिलाको ज्यान गएको फुयालले सुनाउनुभयो । 
फुयालले भन्नुभयो–‘अरु यस्ता थुप्रै घटना छन् ।’ शाहले गर्भपतन वापत दुई हजारदेखि तीस हजार रुपैया“सम्म लिने गरेको स्थानीयको भनाइ छ । अहेव शाहले भने, आफूले त्यसो नगरेको बताएका छन् । ‘भन्नलाई त्यसो भन्दिन्छन् तर, कसैको एबर्सन गरेकै छैन ।’ शाहले भने–‘इस्र्या÷डाहाले त्यसो भनेका हुन् ।’
अहेव शाहको यही क्रियाकलापका कारण जिल्ला स्वास्थ्य कार्यालयले अन्यत्र सरुवा गरेपनि शक्ति भिडाएर सरुवा थमौती गरेको स्वास्थ्य कार्यालयको एक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार गत भदौ २२ गते लिकुवापोखरी सरुवा गरिएपछि सम्बन्धित कार्यालयमा हाजिर हुन नगएको र फेरि माघ–२९ गते दोर्पाचिउरीडा“डामा सरुवा गरिएको उनले त्यहा“ पनि शक्ति भिडाएर मात्तिममै बसेका हुन् । उनले जिल्लास्थित नेतालाई प्रभावमा पारेर बैशाख–२७ गतेको स्वास्थ्य सेवा विभागको निर्णयले मात्तिममै दरबन्दी कायम गरेको जानकारी दिएका छन् । 
अहेव गगनदेवको गतिविधिबारे जिल्लास्थित प्रशासन, अख्तियार लगायतमा उजुरी परे पनि कारबाही हुन नसकेको स्वास्थ्य कार्यालयकै एक कर्मचारीले बताउँदै आएका छन् ।