साउन–८, आर्थिक वर्ष २०६९/०७० मा आएको खोटाङको १ करोड ८ लाख भन्दा बढि रकम फ्रिज भएको छ । 
जिल्लाको झोलुङ्गे पुल निर्माणकालागि आएको ३७ लाख ९२ हजार ७७०, सडक निर्माणकालागि आएको ३६ लाख ९७ हजार ७०७ रुपैयाँ रकम फ्रिज भएको छ । 
यस्तै, जनसहभागीतामा आधारित बिकास कार्यक्रमको २५ लाख ५७ हजार ७०० र पर्यटकीय पुर्वाधार बिकास कार्यक्रमको ८ लाख ३२ हजार २७५ गरी कुल १ करोड ८ लाख ८० हजार ४५१ रुपैयाँ रकम फिर्ता भएको छ । 
योजनाको जिम्मा लिएका ठेकेदार तथा निर्माण उपभोक्ता समितिले समयमा काम सम्पन्न नगरेका कारण जिल्लाको बिकासे रकम फ्रिज भएर गएको जिल्ला बिकास समिति खोटाङले जनाएको छ ।