
साउन–१२, खोटाङको खिदिमामा ग्रामिण सडक निर्माण गरेसँगै स्थानीयबासी हर्षित भएका छन् ।
खिदिमा–४ रानी भञ्ज्याङदेखि ढाँडे जन्तरे आहाल जोड्ने ग्रामिण सडक निर्माण गरिएको हो ।

सडक बिस्तारसँगै यातायात सेवा सञ्चालन भएपछि स्थानीयबासी हर्षित भएका छन् भने, आफूले उत्पादन गरेका अन्नबाली निर्यात गर्न पाउने आशामा समेत बसेका छन् ।