साउन–१४, साउदीअरबमा पुगेर गैर–कानूनीरुपमा काम गर्दै आएका खोटाङका एक युवाले कानुनी मान्यता प्राप्त गरेका छन् । 
साउदीअरवको एक कम्पनीवाट भागेर गैर–कानुनीरुपमा काम गर्दै आएका रतन्छा–८ का शैकुमार राईले बैधानिक कानूनी मान्यता प्राप्त गर्नु भएको हो । राईकी श्रीमती मुनाले दिनु भएको निबेदनका आधारमा खोटाङस्थित सुरक्षित आप्रवासन सूचना केन्द्रको पहलमा उहाँले बैधानिकता पाउनु भएको हो । 
गाविस र जिल्ला प्रशासन कार्यालयवाट आवश्यक कागजातहरु तयार गरि साउदीस्थित नेपाली दुतावास समक्ष पठाउन र बैधानिकताकालागि पहल गर्न गरिएको आग्रहस्वरुप राईले कानूनी मान्यता पाउनु भएको सुचना केन्द्रका कार्यक्रम संयोजक भक्त राईले जानकारी दिनु भयो । 
नौ महिनाअघि अन्जली मेनपावर मार्फत मासिक एक हजार साउदी रियल पाउने सम्झौतामा उहाँ साउदीस्थित एसपीसिसी कम्पनीमा आलमुनियमको काम गर्न साउदी पुग्नु भएको थियो । तर, तोकिएको काम र तलव नपाएपछि उहाँ पाँच महिना अघिदेखि कम्पनीवाट भागेर अवुजावारा नामको होटेलमा काम गर्दै आउनु भएको थियो ।