साउन, खोटाङ सदरमुकाम दिक्तेलमा इ–लाइब्रेरी सञ्चालनमा आएको छ । 
बालसेवा समाज नेपाल खोटाङको पहलमा सदरमुकाम दिक्तेलमा इ–लाइब्रेरी सञ्चालनमा आएको हो । 
बिशेषगरी जिल्लाका महिला तथा बालबालिकाहरुलाई आधुनिक प्रबिधिबाट सुचना तथा सञ्चार सेवा प्रदान गर्ने उद्धेश्यले इ–लाइब्रेरी सञ्चालनमा ल्याइएको बालसेवा समाजले जनाएको छ । 
सुचना र सञ्चारका क्षेत्रमा पिछडिएका महिला तथा बालबालिकाको पहुँच बिस्तार गर्नकालागि इ–लाइब्रेरी सञ्चालनमा ल्याइएको बालसेवा समाजका सचिव प्रमोद श्रेष्ठले बताउनु भयो । 
हाल आठ वटा कम्प्यूटर डेस्कटप मार्फत सञ्चालनमा ल्याइएको इ–लाइब्रेरीबाट इमेल÷इन्टरनेट सुबिधान प्रदान शुरु गरिएको सचिव श्रेष्ठले बताउनु भयो । यसबाहेक जिल्लाका सम्पूर्ण जानकारीहरुको इ–कपी र हार्डकपी पनि प्रदान गर्ने समाजले जनाएको छ । 
इ–लाइब्रेरी सोमबार निमित्त स्थानीय बिकास अधिकारी हरि गुरागाईले उद्घाटन गर्नु भएको हो । 
सञ्चारकर्मीलाई छुटमा इमेल इन्टरनेट सुबिधा 
यसैबीच, इ–लाइब्रेरीले जिल्लाका सञ्चारकर्मीलाई पनि छुटमा इमेल इन्टरनेट सुबिधा दिन थालेको छ । 
इ–लाइब्रेरीमा माध्यमबाट सञ्चारकर्मीहरुलाई लोडसेडिङको समयमा प्रतिघण्टा २५ रुपैयाँ र लोडसेडिङ नभएको समयमा १५ रुपैयाँमा इमेल इन्टरनेट सेवा प्रदान शुरु गरेको हो ।
 जिल्लाका सञ्चारकर्मीहरुले हाल प्रतिघण्टा कम्तीमा ३० रुपैयाँदेखि ४० रुपैयाँमा इमेल÷इन्टरनेटको प्रयोग गर्दै आएका छन् ।