साउन–२५, खोटाङ सेवा समाज दोहा कतारले वैदेशिक रोजगारको शिलशिलमा कतारमा ज्यान गुमाएका एक मृतक परिवारलाई आर्थिक सहयोग गरेको छ । छितापोरी–४ का तीर्थ  खड्काको परिवारलाई एक लाख ६४ हजार ६ सय ७० रुपैयाँ आर्थिक सहयोग गरेको हो । 
जिल्ला विकास समितिको समिक्षालय हलमा आयोजित एक कार्यक्रममा मृतकका श्रीमती सुमित्रा खड्कालाई राहत रकम हस्तान्तरण गरिएको खोटाङ एकता सेवा समाज खोटाङका महासचिव निशान राईले जानकारी दिनुभयो । खोटाङ सेवा समाज दोहा कतारका अध्यक्ष किशनचन्द्र राईको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले रकम हस्तान्तरण गर्नुभएको हो । 
दुई वर्षअघि कतार पुगेका खड्काको गत भदौ–१ गते सुतिरहेको अवस्थामा ज्यान गएको थियो । मृतक खड्काको दुई छोरा र पाँच छन् ।  
यसैवीच, जिल्लाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको सन्दर्भमा अबको दिनमा यस्को समाधान कसरी गर्र्न सकिन्छ ? भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो । खोटाङ एकता सेवा समाज खोटाङले रकम हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वैदेशिक रोजगारको बारेमा सडक नाटक तथा विभिन्न किसिमका सांस्कृति प्रस्तुती समेत भएको थियो ।