साउन–३०, जिल्ला कृषि विकास कार्यालय खोटाङको टोल फ्री नम्बर अवरुद्ध भएपछि आफूहरुलाई सेवा लिन असहज भएको कृषकहरुले गुणासो गरेका छन् । दुई वर्षअघि सञ्चालनमा आएको टोल फ्री नम्बर अवरुद्ध भएपछि आफूहरुलाई सेवा लिन असहज भएको उनीहरुको गुनासो गरेका हुन् ।
कृषि विकास कार्यालयले ग्रामिण क्षेत्रका कृषकहरुलाई लक्षित गरेर १६६०३६४२५५५ नम्बरको टोलफ्री नम्बर सञ्चालनमा ल्याएको थियो । टोल फ्री नम्बर सञ्चालनमा हुँदा घरैमाबसेर आफूहरुको समस्या सम्बन्धीत निकायमा राखेर समाधानको उपाय लिन सकिने व्यवस्था थियो तर, अवरुद्ध भएपछि आफूहरु मारमा परेको उनीहरुले बताएका छन् ।
उक्त सेवा सजिलो र कमखर्चिलो भएपनि अवरुद्ध भएपछि आफूहरु यसको प्रत्यक्ष मारमा परेको नेर्पाका कृषक देवराज रिजालले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘सेवा अवरुद्ध भएपछि एक दिन धाएर परामर्श लिनुपर्छ ।’
यता, कृषि विकास कार्यलयले भने, बजेट अभावका कारण सञ्चालनमा ल्याउन नसकिएको जनाएको छ । बजेटको व्यवस्था भएपछि तत्काल सञ्चालनमा ल्याउने कार्यालयका निमित्त प्रमुख कौशलकुमार यादवले बताउनुभएको छ ।