साउन–३१, खोटाङ सेवा एकता समाज खोटाङलाई एक थान कम्प्यूटर प्राप्त भएको छ । 
गैर–आवासीय नेपाली संघ एनआरएन कोरियाका पुर्वअध्यक्ष गंगाराज राईबाट खोटाङ सेवा एकता समाजलाई ३० हजार मूल्याको एक थान कम्यूटर प्राप्त भएको हो । 
कार्यालयको दैनिक कामकाजकालागि एनआरएन कोरियाका पुर्वअध्यक्ष राईले खोटाङ सेवा एकता समाजलाई कम्प्यूटर प्रदान गर्नुभएको हो । एनआएनका एसिय प्यसिफिक क्षेत्रको जिम्मेवारी सम्हाल्दै आउनु भएका राईले बिहिबार कम्प्यूटर हस्तान्तरण गर्नुभएको खोटाङ सेवा एकता समाज खोटाङका महासचिव निशान राईले जानकारी दिनु भयो । 
सदरमुकाम दिक्तेलमा बिहिबार खोटाङ सेवा एकता समाजको कार्यालय उद्घाटनको अवशरमा राईले कम्प्यूटर प्रदान गर्नुभएको हो । 
रोजगारीका सिलसिलामा बिभिन्न देशमा काम गरी स्वदेश फर्किएका खोटाङबासीको पहलमा गठन गरिएको समाजको कार्यालय त्रिबेणीचौकस्थित न्याज्निन फेन्सी पशलमा खोलिएको छ । जिल्लाको स्वास्थ्य, शिक्षा, पर्यटन बिकासकालागि खोटाङ सेवा एकता समाज स्थापनाको अवधारणा अघि सारिएको खोटाङ सेवा एकता समाजका उपाध्यक्ष सनमान खड्काले बताउनु भयो । 



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here