साउन-३१, संघीय समाजवादी पार्टी खोटाङले जालपामा आयोजना गरेको क्षेत्रीय सम्मेलन ३७ सदस्यीय निर्वाचन क्षेत्रीय समिति गठन गर्दै सम्पन्न भएको छ ।

‘जातीय मुक्तीको लागि संघीयता, वर्गीय मुक्तीको लागि समाजवाद’ भन्ने मुल नाराका उद्घाटन भएको सम्मेलनले सुवास राईको अध्यक्षतामा ३७ सदस्यीय समिति गठन गरेको हो ।

दुई दिनेसम्म सञ्चालन भएको निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय सम्मेलनबाट जोनी राई, नवराज गुरुङ र लक्ष्मी राई उपाध्यक्षमा चयन हुनुभएको छ । यस्तै, सचिवमा रहेन्द्र राई र सहसचिवमा पदमबहादुर राई रहनुभएको छ ।
सम्मेलनमा उपस्थित कार्यकर्ताहरुलाई वर्तमान राजनीतिक अवस्था तथा संविधानसभाको दोश्रो निर्वाचनमा पार्टीले खेल्ने भूमिकाको बारेमा प्रशिक्षण समेत दिइएको थियो । पार्टीका स्थायी समिति सदस्य रमेश राईले उद्घाटन गर्नुभएको सम्मेलनमा केन्द्रीय सदस्यहरु सनबहादुर राई, देवराज राईलगायतका केन्द्रीयस्तरका नेताहरुले प्रशिक्षण दिनुभएको त्यहाँ पुग्नुभएका हाम्रा सहकर्मी सुदिप राईले जानकारी दिनुभएको छ ।