भाद्र–१, ट्रान्फर्मरमा आगो लागेपछि खोटाङको बाक्सिलामा अर्थिङको तार जलेको छ ।
बिहीबार राती अचानक ट्रान्सफर्मरमा आगो लागेपछि घरहरुमा  बिस्तार गरिएका तार जलेको स्थानीय शिब राईले बताउनुभयो ।
घरमा राखिएको बिजुलीको तारमा आगो लाग्न थालेपछि बाक्सिलामा बिहिबार राती हल्लीखल्ली मच्चिएको राईले जानकारी दिनुभयो ।
बिद्युत बिस्तार गरिएको हप्ता दिन नपुग्दै ट्रान्फर्मरमा आगो उठेको स्थानीयबासीको भनाई छ । नेपाल बिद्युत प्राधिकरण खोटाङ शाखाले विद्युतमा देखिएको समस्या हल गर्नका लागि प्राबिधिकको टोली पठाएको जनाएको छ ।
नयाँ लाईन भएकाले पनि बिद्युतीय उपकरणमा समस्या देखिएको प्राधिकरणको भनाई छ । बाक्सिलाका २० घरमा गत साउन २४ गते पहिलोपल्ट बिद्युत बिस्तार गरिएको हो ।