भदौ–५, खोटाङ दोर्पाकी समिता राईलाई सुत्केरी ब्यथा लागेपछि परिवारले मंगलबार खोटाङ जिल्ला अस्पतालमा भर्ना गरे ।
अस्पतालले अवस्था जटिल रहेको भन्दै काठमाडौ रिफर गर्‍यो । श्रीमान दैबराम राईले १ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकप्टर चार्टर गर्नुभयो ।
तर हेलिकप्टर आउनुअघि नै समिताले बच्चा जन्माउनुभयो । सुत्केरी गराउन काठमाडौ लैजानु नपरेपनि हेलिकप्टर चार्टर गर्न खर्च गरेको रकम राई परिवारले फिर्ता पाएन ।
उनीहरुले खोटाङ अस्पतालमा उपचार गराइरहेका अरु ३ जना विरामीको आफन्तसँग जनही १०/१० हजार रुपैयाँ उठाएर ३० हजार रुपैयाँ लिए । बाँकी १ लाख २० हजार रुपैयाँ त्यसै खेर गएको श्रीमान दैबराज राईले बताउनुभयो ।