भदौ–१२, खोटाङको दक्षिणी गाविस सिम्पानीमा आगामी असोज–१८ देखि २२ गतेसम्म सहिद स्मृति गाविसस्तरीय भलिबल तथा खुल्ला एकल नृत्य प्रतियोगिता हुने भएको छ । 
वाईसिएल नेपाल खोटाङ क्षेत्र नम्बर–२ को आयोजनामा गाविसस्तरीय भलिबल तथा नृत्य प्रतियोगिता हुने भएको हो ।
सहिदहरुको सम्मान तथा सम्भmनामा आयोजना गर्न लागिएको सहिद स्मृति गाविसस्तरीय भलिबल प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने समुहले नगद ५१ हजार एक रुपैया, दोस्रो हुने समुहले ३१ हजार १ रुपैया, तेस्रो समुहले २१ हजार १ रुपैया र सान्त्वना हुने समुहले ११ हजार १ रुपैया सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 
पाँच दिनसम्म सञ्चालन गरिने प्रतियोगिताको एकल नृत्यतर्फ प्रथम स्थान प्राप्त गर्नेले नगद १० हजार १ रुपैयाँ, दोस्रो स्थान प्राप्त गर्नेका लागि ६ हजार १ रुपैयाँ, तेस्रो स्थान प्राप्त गर्नेले ४ हजार १ रुपैया र सान्त्वना स्थान प्राप्त गर्ने व्यक्तिलाई २ हजार १ रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिने आयोजकको भनाइ छ । 



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here