भदौ–१३, खोटाङको पाथेका र फेदीमा व्यवसायीकरुपमा चिराइतो खेती शुरु गरिएको छ । मेरुङ कृषि सहकारी संस्था र मेरुङ समाज नेपालको पहलमा पाथेका–१ र २ तथा फेदी–९ को केलासी र पिपीङमा चिराइतो खेती शुरु गरिएको हो । 

जडीबुटीकारुपमा प्रयोग हुने चिराइतो खेतीको सम्भाव्यताको अध्यायनपछि सामुहिकरुपमा चिराइतो खेती शुरु गरिएको मेरुङ समाज नेपालका अध्यक्ष बम बानियाँले बताउनुभयो । समाजमा आवद्ध ११ घरका किसानहरुको सहभागीतामा पाथेकाको २० रोपनी र फेदीको १५ रोपनी जग्गामा व्यवसायीक चिराइतो खेती लगाइएको छ । 

यस्तै, खार्ताम्छामा पनि चिराइतो खेती लगाउने तयारी भइरहेको मेरुङ समाजले जनाएको छ । घरबाट प्रतिकिलो ७ सयमा बिक्री हुने चिराइतो धनकुटा, धरान, बिराटनगर, भारत लगायतका शहरमा पु¥याउँदा प्रतिकिलो एक हजारभन्दा बढि मूल्यामा बिक्री हुने अध्यक्ष बानीयाको भनाई छ । 

चिराइतो खेती गर्ने बिधि सम्वन्धी सैद्धान्तिक र प्राबिधिक सीपकाबारेमा तालिम दिएपछि चिराइतो खेती शुरु गरिएको समाजले जनाएको छ ।