
भदौ–१४, आगामी भदौ–२२ गते लफ्याङको श्रीमावि बाँसबोटेमा हुने २० औं जिल्ला सम्मेलनको तयारीका लागि भन्दै अनेरास्ववियु खोटाङले आफ्नो संगठन बिस्तारलाई तिब्रता दिएको छ ।

राष्ट्रिय मावि बास्पानीमा भिषण खड्काको अध्यक्षतामा ४९ सदस्यीय र शुक्रजित मावि खार्ताम्छामा सुवास राईको अध्यक्षतामा २३ सदस्यीय प्रारम्भिक समिति गठन गरेको हो । जिल्ला सचिव खेमराज देउसाली र सदस्य भुवन राईको उपस्थितिमा प्रारम्भिक समिति निर्माण गरिएको अनेरास्ववियुले जनाएको छ ।