भदौ–१४, खोटाङको दक्षिणी गाविस धितुङका पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । 
धितुङ–१ का ९९ वर्षीय रामरेखा भण्डारी, वडा नम्बर–३ का ९६ वर्षीय बिन्द्रमाया कार्की, वडा नम्बर–४ का ९५ वर्षीय बीर्खबहादुर कार्की, सोही वडाका ८९ वर्षीय ईष्टबहादुर राई र वडा नम्बर–६ का ८३ वर्षीय मंगले सार्कीलाई सम्मान गरिएको हो ।
शुक्रबार भएको एक कार्यक्रमकाबीच उहाँहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान गरिएको स्थानीय ज्ञानदीप कार्कीले जानकारी दिनुभयो । 
गाविसको सभा हलमा भएको कार्यक्रममा राजनीतिक दल, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।