भदौ—१५, खोटाङ सेवा समाज काठ्माडौंको ९ औं साधारणसभा आगामी भदौ २२ गते हुने भएको छ । 
जिल्लाको सामाजिक हितका काम गर्दै आएको समाजको साधारणसभा कोटेश्वरको महादेबस्थानस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यालयमा गर्ने तय गरिएको हो । 
खोटाङ जिल्लाबाट काठमाडौ आई बसोबास गरिरहेका खोटाङगेहरुको साझा संस्थाको साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने समाजका अध्यक्ष राकेश राईले जानकारी दिनुभयो ।