भदौ–१६, जिल्ला खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ खोटाङले विद्यालय सरसफाईका लागि नागरिक आवाज कार्यक्रम संचालन गरिरहेको छ ।
विद्यालय सरसफाईकालागि नागरिक आवाज कार्यक्रम वाटर एडको आर्थिक सहयोगमा खोटाङ जिल्लाको ५१ वटा विद्यालयमा कार्यक्रम संचालन भईरहेको नागरिक आवाज कार्यक्रमका संयोजक पेम्बा तामाङले जानकारी दिनु भयो ।
कार्यक्रममा ५१ वटै विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसंग सरसफाई सँग सम्बन्धि छलफल सकिएको छ । खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति खोटाङको छनौटको आधारमा छानिएका ५१ वटा विद्यालयमा गएर छलफल तथा अन्र्तक्रृया कार्यक्रम आगामी फागुन महिना सम्म चल्ने छ ।
नागरिक आवाज कार्यक्रम अन्र्तगत विद्यालयमा गएर विद्यालय सरसफाईको समिक्षा, सुधारको योजना, २०७३ सम्ममा नेपाललाई खुल्ला दिशामुक्त बनाउने अभियानका बारेमा छलफल तथा अन्र्तक्रृया भईरहेका छन् ।
कार्यक्रमको अन्त्यमा ५१ वटा विद्यालयहरु मध्येबाट कार्य सम्पादनको आधारमा एउटा उत्कृष्ट विद्यालयलाई कार्यक्रमको तर्फबाट एक लाख ८५ हजार रुपैया रकम पनि प्रदान गरिने कार्यक्रम संयोजक तामाङले बताउनु भएको छ ।
कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष धनप्रसाद गिरि, सचिव कृष्ण गुरुङ, नागरिक आवाज कार्यक्रमका संयोजक पेम्बा तामाङ तथा सहजकर्ता विधान थापाले सहजीकरण गरिरहनु भएको छ ।