भदौ–१६, खोटाङ सदरमुकाम दिक्तेल ४ स्थित पल्लाबिँढी गुप्तेश्वर सामुदायीक वनको दोश्रो साधारणसभा एबं अधिबेसन सम्पन्न भएको छ । 
शनिबार सम्पन्न अधिबेसनले उद्धवप्रसाद आचार्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा बलराम खत्री, सचिवमा कृष्णप्रसाद आचार्य, सहसचिवमा अम्बीका खत्री र कोषाध्यक्षामा चन्द्रादेबी आचार्य चयन हुनुभएको छ । 
यस्तै, रत्नप्रसाद आचार्य, भवनाथ आचार्य, छत्रप्रसाद आचार्य, चन्द्र खत्री, रत्नबहादुर खत्री, उर्मिला आचार्य र चरेन्द्रप्रसाद आचार्य रहेको सल्लाहकार समिति पनि गठन गरिएको सामुदायीक बन समुहले जनाएको छ ।
सामुदायीक बनमा बिभिन्न किसिमका आयआर्जनमूलक व्यवसाय सञ्चालन गर्ने, यसकालागि रकम जुटाउने, विपन्न बर्गको जिबिकोपार्जनमा सघाउ पु¥याउने, परिचय पत्रको व्यवस्था गर्ने, दाउरा बिक्री गर्ने लगायतका बार्षिक तथा आर्थिक कार्ययोजनाहरु अनुमोदन गरिएको नवनिर्वाचित सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिनु भयो ।