भदौ–१८, सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्र खोटाङले मलेसियामा अबैधानिकरुपमा बसेर काम गर्दै आएका जिल्लाबासीको उद्धारकालागि सहयोग गर्ने भएको छ । 
मलेसियामा पुगेर हालसम्म अबैधरुपमा काम गर्दै आएका जिल्लाका युवायुवतीहरुलाई उद्धार गर्नकालागि सुचना केन्द्रले आवश्यक कागजातहरु पठाएर सहयोग गर्ने भएको हो । 
यसकालागि सुचना केन्द्रले गैर–कानूनीरुपमा काम गर्दै आएका युवाहरुको आफन्तलाई मलेसिया पुगेका नागरिकको परिचय खुल्ने तथा नाता खुल्ने कागजातहरु सहित निबेदन दिन आग्रह गरेको छ । 
कामदारको परिचय खुल्ने, नागरिकता, नाता खुल्ने लगायतका कागजातहरु उपलव्ध गराएमा सो कागजातहरु मलेसियासम्म पठाउन सहयोग गरिने सुचना केन्द्रकी परामर्शकर्ता खिलाश्वरी दाहालले बताउनु भयो । मलेसिया सरकारले अबैधरुपमा काम गर्दै आएका कामदारलाई पक्राउ शुरु गरेपछि सुचना केन्द्रले सहयोगकालागि तत्परता देखाएको हो । 
आवश्यक कागजातका आधारमा मलेसियास्थित राजदुतावासले ट्राभल्स डकुमेन्टमार्फत स्वदेश पठाउने केन्द्रले जनाएको छ ।