भदौ–२१, युवा संघ खोटाङका सचिवमा रसकुमार राई मनोनयन हुनुभएको छ । 

निवर्तमान सचिव गोपालचन्द्र आचार्यको ठाउँमा संघले राईलाई सचिवमा मनोनयन गरेको हो । 
आचार्य युवा किसान संघको केन्द्रीय सदस्यकारुपमा चयन हुनु भएपछि सचिव पदमा राईलाई मनोनयन गरिएको युवा संघले जनाएको छ ।
च्यास्मीटार ४ का रसकुमारले यसअघि संघको क्षेत्रीय इन्चार्ज एबं जिल्ला सदस्यकारुपमा काम गर्दै आउनु भएको थियो ।