भदौ–२१, संबिधानसभाको निर्वाचनकालागि नेपाली कांग्रेस र एमालेले खोटाङका दुबै निर्वाचन क्षेत्रबाट आ–आफ्नो उम्मेदवारहरुको नामावलीलाई टुंगो लगाएका छन् । 
क्षेत्रीय अधिबेसनले गरेको निर्णयलाई अनुमोदन तथा केहीलाई परिमार्जन गर्दै कांग्रेस र एमालेले आफ्नो उम्मेदवारहरुको नामावलीलाई अन्तिम रुप दिएको हो । जिल्लाले क्षेत्रले गरेको उम्मेदवारहरुको सिफारिसलाई केही फेरबदल समेत गरेको छ । 
कांग्रेसका अनुशार क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ महासमिति सदस्यद्धय सुवासकुमार पोखरेल र नरेशकुमार श्रेष्ठ, पुर्व राज्य मन्त्री सर्वधन राई, कुमारध्वज राई र जनक कार्की तथा समानुपातिकतर्फ सरस्वति बजीमय, शान्तीदेबी राई, बीरकाजी राई, राजन दाहाल, रोजन राई, दिनेश राई, दुरेन राई, धनबहादुर कार्की, पेशल राई, गणेश गजमेर र आरपी आचार्य सिफारिस भएका छन् । 
क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ बिष्णुकुमार राई, शिवकुमार बस्नेत र नवराज केशी तथा समानुपातिकतर्फ हिरा गुरुङ, अटलशेर राई, भूपेन्द्र राई, इच्छुुराम राना र रबिप्रकाश राई सिफारिस भएको जिल्ला सभापति बिष्णुकुमार राईले जानकारी दिनु भयो । 
यस्तै, नेकपा एमालेले क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ बर्णानुक्रम अनुशार अञ्चल कमिटि सदस्य पाँचकर्ण राई (पिके) राई, जिल्ला कमिटि सचिव राजन राई र राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हरि पोखरेल तथा समानुपातिकर्फ कर्ण घले, देवान राई, भोला पोखरेल, रमेश परियार, रमिला गुरुङ, शुभसेर राई र सम्बरबहादुर भुजेललाई सिफारिस गरेको छ । 
यस्तै, क्षेत्र नम्बर २ बाट उषाकला राई, बिशाल भट्टराई र जलशेर राई तथा समानुपातिकतर्फ पर्शुराम कार्की, चर्च बिश्वकर्मा, दिलचक्र राई, शुशिला ढकाल, शिवराज राई, गोपीकृष्ण खड्का र अर्जुन रोकालाई उम्मेदवारकारुप सिफारिस गरेको एमालेले जनाएको छ ।