भदौ–२२, संविधानसभाको दोश्रो निर्वाचनका लागि खोटाङका तीन ठूला दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले दुवै निर्वाचन क्षेत्रबाट आ–आफ्नो उम्मेदवारको नामावली सिफारिस गरेको छ । 
क्षेत्रीय अधिबेसनले गरेको निर्णयलाई अनुमोदन तथा केहीलाई परिमार्जन गर्दै कांग्रेस र एमालेले आफ्नो उम्मेदवारहरुको नामावली सिफारिस गरेको छ भने, एकीकृत नेकपा माओवादीले सर्वसहमतीले दुवै निर्वाचन क्षेत्रका उम्मेदवारको नामावली सिफारिस गरेको हो ।
एमाओवादीका अनुसार क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ दुर्गाजयन्ती राई, सुरेश राई, जीवन राई ‘संगीन’, हरिस्चन्द्र गिरी र हिरण्य मगरको नामावली सिफारिस गरिएको छ । यस्तै, समानुपातिकतर्फ टंक तामाङ ‘मदन’, मनकुमारी रसाईली ‘रस्मी’, जसराज किराती, दिपक तामाङ ‘वादल’, सन्देश राई र ध्रुवा राईको नाम पठाएको छ ।  
यस्तै, क्षेत्र नम्बर–२ बाट प्रत्यक्षमा देवान राई ‘पृथ्वी’, प्रकाश चौलागाइँ ‘बिक्रम’, रामकुमार राई ‘पासाङ’, समिता कार्की ‘अस्मिता’ र कल्पना राई ‘शोनिया’ को नामावली पठाएको छ भने, समानुपातिकमा अरुणा राई ‘दिक्षा’, दिपक पाण्डे ‘आकाश’, दुधमान तामाङ ‘निर्मल’, हिराबहादुर गुरुङ, शान्ता श्रेष्ठ र प्रकाश तोलाङ्गे ‘आशिष’ को नाम सिफारिस गरिएको जनाइएको छ ।
उता, कांग्रेसले क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ महासमिति सदस्यद्धय सुवासकुमार पोखरेल र नरेशकुमार श्रेष्ठ, पुर्व राज्य मन्त्री सर्वधन राई, कुमारध्वज राई र जनक कार्की तथा समानुपातिकतर्फ सरस्वति बजीमय, शान्तीदेवि राई, बीरकाजी राई, राजन दाहाल, रोजन राई, दिनेश राई, दुरेन राई, धनबहादुर कार्की, पेशल राई, गणेश गजमेर र आरपी आचार्यको नाम सिफारिस गरेको छ ।
यस्तै, क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ बिष्णुकुमार राई, शिवकुमार बस्नेत र नवराज केशी तथा समानुपातिकतर्फ हिरा गुरुङ, अटलशेर राई, भूपेन्द्र राई, इच्छुराम राना र रबिप्रकाश राई सिफारिस भएको जिल्ला सभापति विष्णुकुमार राईले जानकारी दिनुभयो ।
यस्तै, नेकपा एमालेले क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ बर्णानुक्रम अनुशार अञ्चल कमिटि सदस्य पाँचकर्ण राई (पिके) जिल्ला कमिटि सचिव राजन राई र राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हरि पोखरेल तथा समानुपातिकर्फ कर्ण घले, देवान राई, भोला पोखरेल, रमेश परियार, रमिला गुरुङ, शुभसेर राई र सम्बरबहादुर भुजेललाई सिफारिस गरेको छ ।
यस्तै, क्षेत्र नम्बर–२ बाट उषाकला राई, विशाल भट्टराई र जलशेर राई तथा समानुपातिकतर्फ पर्शुराम कार्की, चर्च विश्वकर्मा, दिलचक्र राई, शुशिला ढकाल, शिवराज राई, गोपीकृष्ण खड्का र अर्जुन रोकालाई उम्मेदवारकारुप सिफारिस गरिएको एमालेले जनाएको छ ।
जिल्लाका अन्य पार्टीले भने, चुनावी माहोल सृजना भएपछि मात्र आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको नामावली सिफारिस गर्ने बताएका छन् । जिल्लामा साना ठूलागरी दर्जनबढी दल छन् ।