भदौ–२६, नेकपा–माओवादी खोटाङले भोली भदौ २७ गते जिल्ला बन्दको आव्हान गरेको छ । 
आगामी मंसिर–४ को दोस्रो संविधान सभाको निर्वाचनको बहिष्कार स्वरुप माओवादी जिल्ला बन्दको आह्वान गरेको हो । 
निर्वाचन बहिष्कार तथा राष्ट्रिय स्वाधिनता रक्षाका लागि भन्दै क्षेत्रीय स्तरको बन्द कार्यक्रम अन्तर्गत बन्द आह्वान गरिएको नेकपा–माओवादीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
नेकपा–माओवादी खोटाङका सेक्रेटरी सुनिल चौलागाईद्धारा हस्तक्षरित विज्ञप्तीमा बन्द कार्यक्रमलाई सफल बनाउन सबैमा आग्रह समेत गरिएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here