भदौ–२९, नितु स्मृति प्रतिष्ठान नेपाल बाम्राङको सातौं साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिष्ठानको आजीवन सदस्यता वितरण गर्ने निर्णय गर्नुका साथै गत वर्षको एसएलसी परीक्षामा उत्कृष्ठ अंक ल्याएर उतीर्ण गर्ने विद्यार्थीलाई सम्मान गर्दै साधारणसभा सम्पन्न भएको हो ।
गत वर्ष साबित्रा माविबाट ६७ दशमलव ६३ प्रतिशत अंक ल्याएर उतीर्ण भएका विजय राईलाई नगद तीन हजार पाँच सयका साथमा प्रमाणपत्रसहित सम्मान गरिएको प्रतिष्ठान सचिव लिलाबहादुर खत्रीले जानकारी दिनुभयो । 
यस्तै, गाविसभरका उत्कृष्ठ विद्यार्थीलाई समेत नगद पुरस्कृत प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष महेन्द्रबहादुर राईको सभापतित्व तथा श्रोत व्यक्ति झनकबहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको आयोजकले जनाएको छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर वद्धि गर्ने उद्देश्यले स्थापना गरिएको तीन लाख ५० हजारको अक्षयकोषबाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको सचिव राईको भनाइ छ ।